|  

सरकार ले २ सय ८२ कैदी बन्दी लाई माफी दिन रास्ट्रपति समक्ष सिफारिस गर्ने

२ आश्विन २०७६, बिहीबार १९:४८ प्रकाशित
प्रदेश हव न्युज डेक्स


असोज २, काठमाडौ
संविधान दिवसको अवसर पारेर सरकारले २ सय ८२ जना कैदी बन्दीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले कैदीहरुको कैद, दण्ड, जरिबाना, विगो सर्वस्व र बाँकी कैद र सजाय माफी दिने सम्बन्धमा राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम सरकारले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।
बैठकले नेपाली सेनाका ३ जनाको पद बढुवा गर्ने निर्णय पनि गरेको छ । नेपाली सेनाका प्राविधिक प्रमुख सेनानीद्वय बानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको हो ।
यसका साथै महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथीमा पदोन्नती गर्ने निर्णय पनि सरकारले गरेको छ ।
पूर्व माओवादी लडाकु रहेका अधिकारीलाई सरकारले ४ वर्षका लागि सहायक रथी दर्जाको विशेष पद सिर्जना गरेर पदोन्नति गर्ने निर्णय गरेको हो ।
यस्तै सरकारले मेलम्ची खानेपानी आयोजनाका श्रमिकहरुको बाँकी ज्याला ठेकेदारबाट असुल गर्ने निर्णय पनि गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाका श्रमिकहरूको बाँकी ज्याला सम्बन्धित ठेकेदारबाट असुल गरी हिसाब मिलान गर्नेगरी राहत स्वरूप भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरिएको हो ।
भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २६ वटा निर्णय गरेको थियो ।
© उज्यालो अनलाइन बाट

२ आश्विन २०७६, बिहीबार १९:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस