|  

मझिमटार दशैं महोत्सव, आज गायिका तथा मोडल ज्योती मगर लगायतका कालाकार आउने

१२ आश्विन २०७६, आईतवार ०९:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बेनिघाट रोराङ गाउँपालिका वडा नं। ९, अन्तर्गत पर्ने मझिमटार बजारमा ७ देखि शुरु भएको प्रथम मझिमटार दशैं महोत्सव मा आज हट मोडल तथा गायीका ज्योती मगर लगायतका कलाकारहरु आउने छन् । । हाइवे स्पोर्टस क्लब जोगिमारा मझिमटारको आयोजनामा शुरु भएको कार्यक्रको आज तेस्रो दिन विभिन्न कलाकारहरुको साथमा सम्पन्न भएको हो ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय जातजातिहरुको संस्कृति, खानाका परिकार, भेषभूषा, धार्मिक एवं पर्यटकीय स्थलको अवलोकन, रमाइलो मेला, बाल उद्यान आकर्षणका रुपमा रहेका छन् ।
नमस्ते नेपाल इभेन्टले ब्यवस्थापन गरको महोत्सवमा ११० वटा स्ट्रल रहेका छन् भने महोत्सवमा १ करोड बरावरको कारोवार हुने व्यवस्थापक राजकुमार सिग्देलले बताउनु भयो । महोत्सवलाई सफल बनाउनको लागि नमस्ते नेपाल इभेन्टको तर्फबाट व्यवस्थापकहरु राजकुमार सिग्देल, हेमु थापा, दिनेश पराजुली र सन्दिप थापाले महत्वपूर्ण भुमिका खेलेका छन् । महोत्सव असोज १८ गते सम्म चल्ने छ । आजको कार्यक्रममा ज्योती मगर सँगै कलाकारहरु अविरल मगर, राजेश गुरुङ लगायत स्थानिय प्रतिभाहरु रहने कार्यक्रम संचालक भरत बराकोटीले जानकारी दिनुभयो ।

१२ आश्विन २०७६, आईतवार ०९:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस