|  

मन्त्री जम्कट्टेल द्वारा धादिङ को बेनिघाट रोराङमा सहिद पार्कको शिलान्यास

१२ आश्विन २०७६, आईतवार २२:२१ प्रकाशित
प्रदेश हव न्युज डेक्स


अशोज १२, धादिङ
बेनिघाट रोराङ गाउँपालिका १० खिर्राघारीमा ३५ करोड लगानीमा श्रमिक सहिद वेपत्ता स्मृति प्रतिष्ठले बनाउन लागेको सहिद पार्क भित्र बन्ने भवनको एक कार्यक्रम को बिचमा शिलान्यास भएको छ ।

हुँदिखोला चोकबाट ३ किलोमिटर भित्र पर्ने खिर्राघारीको ५० रोपनी जग्गामा बन्ने सहिद पार्कको भवन शिलान्यास प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले गरेका हुन् ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नुवाकोटको १ करोड लागतमा बन्न लागेको सहिदपार्क भित्रको उक्त भवन शिलान्यास गर्दै मन्त्री जमकट्टलले गत आर्थिक वर्षमा विनियोजित १ करोड रकम फ्रिज हुनु दुःखद भएको बताउँदै उक्त १ करोड सहित यो वर्ष २ करोडको काम सहिद पार्क निमार्णको लागि खर्च गरिने बताएका थिए ।

क्रमागतमा काम हुँदै जाने बताउँदै जमकट्टेलले भौगोलिक संरचना जस्तो छ त्यहि अनुसार बाहिरी संरचना बनाउन श्रमिक सहिद वेपत्ता स्मृति प्रतिष्ठानका अध्यक्ष मणिराज गुरुङलाई आव्हान गरेका थिए ।

गाउँपालिका प्रमुख हरि डल्लाकोटी, नेकपा नेता विवेक थपलिया, वर्डा अध्यक्ष अमर बहादुर गुरुङ, भवन निमार्ण कार्यालय नुवाकोटका प्रमुख गणेशबहादुर महर्जन लगायतको आतिथ्यता रहेको थियो ।

 

१२ आश्विन २०७६, आईतवार २२:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस