|  

लोक स्टार: प्रदेश ३ का रामकुमार नेपाली उत्कृष्ट ५ मा

१७ आश्विन २०७६, शुक्रबार २२:०७ प्रकाशित
बिक्रम अधिकारी


असोज १७, धादिङ
हाल संचालन भैरहेको मौलिक रियालिटी शो आइएमइ नेपाल लोक स्टार कार्यक्रम मा ३ नम्बर प्रदेशका एक मात्र प्रतियोगी रामकुमार नेपाली उत्कृष्ट ५ मा आइपुगेका छन।
रामेछाप मा जन्मिएका नेपाली आफ्नो अदभूत कला प्रस्तुत गरेर सबैको मन जित्दै उक्त शो मा सबैभन्दा धेरै पाँच पटक पर्फर्मर अफ द डे समेत भैसकेका छन।

उनी भन्छन “मेरो आत्मिय सुभचिन्तकहरुप्रती म हजुरहरुको छोरो, दाजु, भाइ नाताले जस्तो परे पनि मिठो र रमाइलो कोसेली लिएर आउने कोशिश गर्नेछु, मेरो हरेक पाइलालाइ अगाडि बडाउने काम अब हजुरहरुको रहेको छ” ।

लोक स्टारका चम्किला तारा रामकुमार नेपाली ले निर्णायक को केन्द्र भनेकै भोट भएकोले मोबाइल को म्यासेज बक्समा गएर क्यापिटल L 23 लेखी 37000 मा एसएमएस गर्न तथा आइएमइ एप्सबाट पनि धेरै भन्दा धेरै भोट गरेर आफुलाई जिताउन सबैमा आग्रह गरेका छन् ।

कार्यक्रम एपि वान टेलिभिजन, रमाइलो एचडी र युट्युव मार्फत हरेक बिहिवार र शुक्रबार बेलुका ८:३० बजे प्रसारण हुने गरेको छ। बिहिवार को दिन गाएको आधार मा भोट र जज को मार्किङ अनुसार शुक्रबार एकजना प्रस्तिस्पर्धी बाहिरिने नियम लोक स्टारको रहेको ।

१७ आश्विन २०७६, शुक्रबार २२:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस