|  

फेसबुक ले लाइक संख्या हटाउने

२२ कार्तिक २०७६, शुक्रबार २०:२७ प्रकाशित
प्रदेश हव न्युज डेक्स


फेसबुकले सार्वजनिक पोस्टमा देखिने लाइक संख्या हटाउने तयारी गरेको छ  । केही अनुसन्धानकर्ताले फेसबुक एपको कोडमा लाइक हटाउने तथ्यहरू भेटेपछि यो सार्वजनिक भएको हो  ।

यसको पुष्टि गर्दै फेसबुकले लाइक संख्या देखिने फिचर हटाउने सोच बनाएको जनाएको छ ।
फेसबुकले लाइक संख्या देखिने फिचर हटायो भने पोस्टहरूमा रिक्याक्सनहरूको संकेत मात्रै देखिने छ ।

लाइक संख्या देखाउँदा यसको नम्बरका आधारमा मानिसहरूबीच धारणा परिवर्तनको समस्या देखिएको भन्दै इन्स्टाग्रामले पनि यस्तै फिचर परीक्षण गरिरहेको छ । इन्स्टाग्रामले केही प्रयोगकर्तामाझ गरेको लाइक संख्या हटाउने परीक्षण हाल बढाउँदै प्रयोगकर्तामाझ फैलाएको छ ।
© Ekantipur.com

२२ कार्तिक २०७६, शुक्रबार २०:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस