|  

राक्सिङमा स्वास्थ्य इकाई भवनको अध्यक्ष बस्नेत द्दरा शिलान्यास

३० कार्तिक २०७६, शनिबार ०८:३३ प्रकाशित
भुवन भण्डारी

रिपोटर


कात्तिक ३०, धादिङ
गजुरि गाउँपालिका वडा नं.३ राक्सिङ मा सामुदायिक स्वास्थ्य इकाई भवनको शुक्रबार गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत ले शिलान्यास गर्नुभएको छ।

अाम जनसमुदाय लाई स्वास्थ्य को पहुँचमा पुर्‍याउन सबै वडामा स्वास्थ्य इकाई को स्थापना गरिसकेको र भौतिक संरचना भने क्रमिक रूपमा निमार्ण गर्दै जाने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।३८ लाखको लागतमा निमार्ण हुने भवनको शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत,वडा नं.३ अध्यक्ष ऋषि लाल श्रेष्ठ , प्रमुख प्रसाशकिय अधिकृत युवराज अर्याल , स्वास्थ्य शाखा संयाेजक डा.रामहरि रेग्मी , सुचना अधिकृत बिबेक नेपाल, वडाका नागरिक समाज , समाजसेवी , बुद्धिजीवी लगाएतको उल्लेखनीय सहभागीता रहेको थियोे।

सरकारले लिएको “सुखि नेपाली समृद्ध नेपालको” परिकल्पना लाई साकार पार्नको लागि स्वास्थ्य पनि एक सुचक भएकोले प्रत्येक वडा वडामा स्वास्थ्य ईकाइको स्थापना गरेको हो। साथै मन्तव्यको क्रममा गजुरि गाउँपालिका लाई समृद्ध गाउँपालिका निमार्ण गर्न जुटिरहेको गाउँपालिका अध्यक्ष बस्नेतले वडा बासिलाइ जानकारी दिनुभयो ।

३० कार्तिक २०७६, शनिबार ०८:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस