|  

नेकपा धुनिवेशीको सपथ ग्रहण तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन

३० कार्तिक २०७६, शनिबार २०:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धुनिवेशी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुनिवेशी नगर कमिटीको सपथ ग्रहण, कार्यलय उद्घाटन तथा चियापान कार्यक्रम आज सम्पन्न भएको छ । धुनिवेशी नगरपालिका वडा नं. ८ मा एक समारोहका विच कार्यक्रम सम्पन्न भएको छ । नेकपाका केन्दीय सदस्य तथा ३ नं. प्रदेश कमिटी सचिव आनन्द पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपा धादिङका ईञ्चार्ज तथा ३ नं. प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलको विषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले प्रदेश कमिटीको कार्यक्रमको बारेमा आफ्नो धारणा राख्नु भएको थियो । त्यसैगरि कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कटेलले पार्टी एकता र यसको आवश्यकताको विषयमा आफ्नो भनाई राख्दै सुखी नेपाली समृद्ध नेपाल बनाउनको लागि सवै कार्यकर्तालाई निर्देशन दिनु भएको हो । अहिलेको व्यवस्थालाई सार्थकमा पु¥याउन नेकपाको नेतृत्वले मात्र गर्न सक्ने भन्दै नेकपाको नेतृत्वलाई विश्वले नियालेको बताउनु भयो । आफ्नो पार्टी र सरकार माथि ठुलो घेरा बन्दी भएको र यसलाई चिर्न सवैमा आग्रह गर्नु भयो ।

कार्यक्रममा नेकपाका नेता राजेन्द्र प्रसाद पाण्डे, भुमि त्रिपाठी, नेकपा धादिङका अध्यक्ष नेत्र पौडेल, जिल्ला सचिव विजय बुर्लाकोटी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेकपा धुनिवेशी नगर कमिटीका अध्यक्ष रामराजा पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रम नगर कमिटीका सचिव राजकुमार पाठकले संचाालन गरेका थिए । कार्यक्रममा बोल्दै नेकपाका नेताहरुले पार्टी एकताको पक्रिया टुंगो लगाउँदै जाने र पार्टी एक भई अगाडी बढ्ने शन्देश दिएका थिए ।

३० कार्तिक २०७६, शनिबार २०:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस