|  

कोरोना को त्रास बढ्दै गएको भन्दै चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिइसक्न निर्देशन

२० फाल्गुन २०७६, मंगलवार १८:२५ प्रकाशित
प्रदेश हव न्युज डेस्क


काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउदो चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन निर्देशन दिएको छ ।

कोरोना भाइरसको संक्रमण र त्रास बढ्दै गएकोले चैत ५ गतेभित्र नै परीक्षा लिन देशभरका विद्यालयलाई मन्त्रालयले निर्देशन दिएको हो । यस्तै मन्त्रालयले सामूहिक भेला, सेमिनार, गोष्ठी लगायत कार्यक्रम नगर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर यस्तो निर्देशन दिनुभएको हो ।

यसअघि सरकारले चैत ६ देखि १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा एसईई हुने कार्यतालिका भने परिमार्जन नहुने मन्त्रायलका सूचना अधिकारी ले जानकारी दिए।

© उज्यालो अनलाइन बाट

२० फाल्गुन २०७६, मंगलवार १८:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस