|  

विद्यालय निरन्तरताको लागि प्रयास द्वारा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

३ चैत्र २०७६, सोमबार २०:५४ प्रकाशित
भुवन भण्डारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ/थाक्रेे
धादिङको इट्टा उद्योगमा काम गर्ने श्रमिकका १७ जना बालबालिकालाई सोमबार शैक्षिक सामग्री सहयोग गरीएको छ।
थाक्रे गाउँपालिका वडा नं. ७ स्थित एभरेष्ट इट्टा उद्योगमा काम गर्ने बालबालिकाहरुलाई स्थानीय संस्था प्रयास नेपाल धादिङले शैक्षिक सामग्री वितरण गरेको हो ।
श्रमिकका विद्यालय जाँदै गरेको बालबालिकालाई सहयोग स्वरुप विद्यालय पोशाक, कापी, कलम, पेन्सिल, ईरेजर र झोला वितरण गरेको हो । आफ्नो छोराछोरीका लागी पाएको शैक्षिक सामग्रीले निरन्तर विद्यालय पठाउन हौसला मिलेको अभिभावक भिम कुमारी विक को भनाई छ । त्यसैगरी अर्का अभिभावक छत्र बहादुर रसाईली भन्नुहुन्छ, “ बालबालिकालाई सहयोग र समय समयमा नयाँ र आफुलाई कामलाग्ने कुराहरु सिकाउनुहुन्छ, निकै खुसी लाग्छ ।”
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै जनता आधारभुत विद्यालयका शिक्षक इन्दिरा सुवेदीले इट्टा उद्योगमा आउने कामदारका बालबालिकाहरु शैैक्षिक वर्षको मध्यमा आउने भएता पनि संस्थाको सहजीकरणले उद्योगमा आउनावित्तिकै विद्यालयमा भर्ना हुने दर बढेको बताउनुभयो । साथै शैक्षिक सामग्री सहयोगले बालबालिकाको मनोबल समेत उच्च हुने बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा उद्योगी पुष्पराज कडेंलले प्रयास नेपालले उद्योगमा रहेका बालबालिकालाई सहयोग र श्रमिकहरुलाई समेत अभिमुखिकरण गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रयास नेपाल र ग्लोबल फेयरनेश इनिसियटिभको साझेदारीमा संचालित परियोजना बेटर ब्रिक नेपालले इट्टा उद्योगका मजदुरका बालबालिकालाई शिक्षासँग जोड्ने काम विगत ४ वर्ष देखि गर्दै आएको छ । धादिङका ५ वटा ईट्टा उद्योगमा बेटर ब्रिक ‑ नेपाल परियोजना संचालन भईरहेको छ । यस परियोजनाले बालबालिकालाई शिक्षासँग जोड्नका लागि उद्योगमा नै प्रारम्भिक बाल विकास केन्द्र संचालनमा ल्याएको छ । भने ५ वर्ष भन्दा बढी उमेरका बालबालिकालाई उद्योग नजिकैको विद्यालयसँग समन्वय गरी बालबालिकालाई शिक्षाको पहँुचमा पु¥याउनको लागि सहजीकरण गरीरहेको फिल्ड संयोजक सुनिता कडेलले जानकारी दिनुभयो ।

३ चैत्र २०७६, सोमबार २०:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस