|  

नेपाल सुपर लिग फुटबलमा ललितपुर सिटी र चितवन एफसी बराबरी

१३ बैशाख २०७८, सोमबार २२:४२ प्रकाशित


नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी र चितवन एफसीले बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा साेमवार भएको खेलमा ललितपुर र चितवनले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । ललितपुरका कमल श्रेष्ठले गोल गरे भने चितवनका अमित तामाङले गाेल गरे ।

पहिलो खेलमा ललितपुर काठमाण्डाै रेन्जर्ससँग एक–शून्यले पराजित भएको थियो ।

 

©Ujyaaloonline

१३ बैशाख २०७८, सोमबार २२:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस