|  

सरकारमा सहभागी हुने मन्त्रीको छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने

१८ श्रावण २०७८, सोमबार ०६:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ।

आज अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिशडाँडामा स्थायी कमिटी बैठक बस्नेछ।

पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा आज बैठक केन्द्रित रहनेछ। आइतबार पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकले केन्द्रीय कमिटी बैठक दश दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको थियो।

१८ श्रावण २०७८, सोमबार ०६:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस