|  

जसपामा उपेन्द्र यादव एकल अध्यक्ष

२५ श्रावण २०७८, सोमबार १६:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


twitter sharing buttonकाठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को अब ३५ जनाको केन्द्रीय कार्यकारिणी समिति हुने भएको छ ।

निर्वाचन आयोगले आज सो बारेमा निर्णय गर्दै यसअघि नै आधिकारिकता दिएको ३५ जनाको कार्यकारिणी समितिलाई मान्यता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लोकपथलाई जानकारी दिए ।
‘५१ जनाको केन्द्रीय कार्यकारिणी समितिबाट ३५ जनाको केन्द्रीय कार्यकारिणी समिति रहने गरी अध्याबधिक भएको छ ।’ प्रवक्ता श्रेष्ठले भने ।
आयोगको निर्णय अनुसार अब उपेन्द्र यादव ३५ जना कार्यकारिणी समितिसहितको एकल अध्यक्ष भएका छन् । त्यससँगै महन्थ ठाकुरको भने अध्यक्ष पदबाट नाम हटेको छ ।
जसपाभित्रको आन्तरिक विवाद समाधानका लागि परेको निवेदनमा सुनुवाई गर्दै आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिने निर्णय गरेको थियो । सोही अनुसार आज अध्याबधिक गरेको हो ।
२५ श्रावण २०७८, सोमबार १६:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस