|  

भूमि आयोग गठनको प्रक्रिया शुरु

२५ श्रावण २०७८, सोमबार १७:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। सरकारले नयाँ भूमि आयोग गठनको तयारी थालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि आयोग गठनको प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो।

सोमबार बस्ने मन्त्रिपरिषद बैठकले टुंग्याउन सक्ने सचिव टेकनारायण पाण्डेले बताए। सरकारले गत साता भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेको थियो।

सोमबार सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

अधिवक्ता प्रवेश केसी र आयोगका अध्यक्ष देवी ज्ञावलीले दिएका छुट्टाछुट्टै रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सोमबार यस्तो आदेश गरेको हो। दुवै रिटमा उक्त इजलासले एउटै वेहोराको आदेश जारी गरेको छ।

सर्वोच्चमा मुद्दा विचाराधीन रहँदा नयाँ आयोग गठन गर्न मिल्ने/नमिल्नेबारे मन्त्रिपरिषदमै छलफल भएर निर्णय हुने बताइएको छ। केपी ओली नेतृत्वको सरकारले चितवनका एमाले नेता देवी ज्ञवालीको नेतृत्वमा आयोग गठन गरेको थियो।

२५ श्रावण २०७८, सोमबार १७:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस