|  

माओवादी केन्द्र गजुरी १ को वडा भेला सम्पन्न, स्याम न्याैपाने इञ्चार्ज रहने गरि २९ सदस्यीय वडा कमिटी गठन

२५ श्रावण २०७८, सोमबार १७:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा (माओवादी केन्द्र) गजुरी गाउँपालिका वडा नं. १ कमिटी को भेला सोमवार गजुरीमा सम्पन्न भएको छ । वडा कमिटीका सचिव समीर खरेलको अध्यक्षतामा भएको भेलाले स्याम न्याैपाने इञ्चार्ज रहने गरि २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । वडा कमिटीको सह-इञ्चार्जमा सानू शाक्य, अध्यक्ष प्रताप खरेल, सचिवमा रमेश हमाल निर्वाचित भएका छन् । माओवादी केन्द्र गजुरीका इञ्चार्ज तारा भण्डारीको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा, जिल्ला कमिटी सदस्य, दर्लभ कुमार तामाङ, धुर्व सुवेदी लगायतका उपस्थिती रहेको तारा भण्डारीले बताउनु भयो ।

२५ श्रावण २०७८, सोमबार १७:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस