|  

खोलामा डुवेर धादिङको किराञ्चोकमा एक बालक बेपत्ता

२६ श्रावण २०७८, मंगलवार १६:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिका वडा नं. ८ किराञ्चोकमा खोलामा डुवेर १० वर्षिय धिरज ढुंगाना बेपत्ता भएका छन् । मंगलवार विहान ११ बजे खाना खाएर बेल्खु खोलामा पौडि खेल्ने क्रममा खोलामा डुबेको सँगै पौडि खेल्न गएका दाजु नवीन ढुंगानाले बताए । साथिभाइ गरि ४ जना पौडि खेल्न गएका मध्ये एक बालक बेपत्ता भएका हुन् । बेपत्ता भएको वालको खोजि कार्य भई रहेको छ , गजुरी ८ का वडा अध्यक्ष राजकुमार ढुंगानाले बताउनु भयो ।

२६ श्रावण २०७८, मंगलवार १६:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस