|  

माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक आज बस्दै

३० श्रावण २०७८, शनिबार ०९:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज शनिवार ११ बजेदेखि बस्दै छ ।

माओवादीका एक नेताका अनुसार सो पार्टीको केन्द्रीय समितिको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्न लागेको हो ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाका आधारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवं साङ्गठानिक प्रतिवेदन पेश गर्ने सो श्रोतले जनाएको छ ।

पार्टी सङ्गठनलाइ शसक्त बनाउने तथा सबै नेताको ब्यबस्थापन हने गरी जिम्मेवारी बांडफांड हुनेपनि सो श्रोतले बताएको छ ।

३० श्रावण २०७८, शनिबार ०९:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस