|  

सुशासनमा भरतपुर महानगर सबैभन्दा अब्बल

५ भाद्र २०७८, शनिबार १६:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चितवन। देशभरका ६ महानगरमध्ये चितवनको भरतपुर महानगरपालिकाको बेरुजु सबै भन्दा कम देखिएको छ। महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भरतपुर महानगरको बेरुजु सबै भन्दा कम देखिएको हो।

भरतपुरको बेरुजु २.०२ प्रतिशत मात्रै छ। महानगर प्रमुख रेनु दाहालले कुल बेरुजु मध्ये आधा भन्दा बढी पेस्की बेरुजु रहेको बताइन्। पेस्की बेरुजु छिट्टै फछ्र्योट हुने समेत मेयर दाहालले बताइन्। लेखा परीक्षण हुँदासम्म बेरुजु शुन्यमा झार्ने उनको भनाई छ।

६ महानगरमध्ये काठमाडौं महानगरपालिकाको बेरुजु सबैभन्द बढी छ। काठमाडौंको ११.८६ प्रतिशत बेरुजु देखिएको छ।काठमाडौंपछि वीरगञ्ज महानगरमा धेरै बेरुजु रहेको छ। वीरगञ्जको ८.२६ प्रतिशत बेरुजु देखिएको छ।

उता ललितपुरको ७.२२ प्रतिशत, पोखराको ७.४२ प्रतिशत र बिराटनगरको ३.२१ प्रतिशत रहेको छ। महानगरको समग्र बेरुजु ७.३८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। लोकपाटी डटकमबाट ।

५ भाद्र २०७८, शनिबार १६:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस