|  

शहिद क. वैकुण्ण्ठ रेग्मी (रोशन)को सम्झनामा

२६ आश्विन २०७८, मंगलवार १०:२२ प्रकाशित
रमेश प्रसाद आचार्य

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


रमेश प्रसाद आचार्य/धुनिवेशी
धादिङको धुनिवेशी –८, (साविक नौविसे–२)का क. वैकुण्ठ रेग्मी (रोशन) २०३१ काक्तिक २२ गते जन्मनु भएको थियो । सानै देखी तिक्ष्ण दिमागको धनि क. रोशन विद्यार्थी जिवनमा माध्यमिक तह सम्म सवै कक्षामा प्रथम भईरहनु हुन्थियो । जिल्ला स्तरिय वादविवाद, निबन्ध, हाजिरी जवाफ जस्ता प्रतियोगितामा समेत प्रथम र दितृय भईरहने क. रोशन रेग्मीले आफ्नै कक्षाका सहपाठीहरुलाई समेत अतिरिक्त कक्षा (ट्युसन) पढाएर आफ्नो पठन पाठनको आर्थिक व्यवस्थापन गर्नु हुन्थ्यो ।
निम्न परिवारमा जन्मनु भएका क. बैकुण्ठ माध्यमिक तहको विद्यार्थी जिवनकाल मछिन्द्र माध्यमिक विद्यालय खानिखोलामा माध्यकि तहको शिक्षा हासिल गर्न जानुभएको सुरुवातको समयमै नेपाली काँग्रेस निकटको विद्यार्थी संगठन ने.वि.संघबाट राजनीति सुरु गर्नु भएका उहाँले छोटो समयमै ने.वि.संघको तत्कालिन ३ नं. क्षेत्रको सचिव बन्न सफल हुन भयो । नेपालमा सर्वहारा उत्पीडि, जनजाती, महिला, दलित लगायत वर्गको उत्थानको परिकल्पना गर्ने क. बैकुण्ठ रेग्मीलाई २०५२मा जनयुद्ध गरेको ने.क.पा. माओवादीको जजनयुद्धले मुक्तिका कुराहरु गर्न थाल्नु भयो । सुरुवाती दिनमा चेतना वृििद्ध गर्ने हिसावले छलफल वहस सुरु गरे पनि अब सर्वहारा मुक्तिको निमित्त कम्युनिष्ट आन्दोलनको निमित्त संगठित हुनुको विकल्प छैन भन्ने निष्कर्षका साथ उहाँ अखिल (क्रान्तिकार)मा संगठित हुनु भयो ।
तत्कालिन अवस्थामा उहाँको विचार सँग म सहमत थिए र २०५४ मा धादिङको मार्पाकमा भएको अखित क्रान्तिकारी को जिल्ला सम्मेलनमा मछिन्द्र माधयमिक विद्यालयको तर्फबाट उहाँ प्रतिनिधि हुनुहुन्थ्यो भने म पर्यवेक्षक थिए । त्यस पछिका दिनमा हामी विभिन्न् संगठन र मोर्चामा सँगै रह्यौं ।
तत्कालिन अवस्थामा धादिङको बैरेनी, भुमेस्थान, तसर्पु, छत्रेदेउराली र नौविसे गा.वि.स. लाई विषेश इलाका बनाएरको थियो । यस विषेश इलाकाको पार्टी इृलाका कमिटी सदस्य हुनु भएका क. वैकुण्ठ रेग्मीले २०५४ असार ४ गते केवलपुरको आचार्य पोखरीमा ललितपुर भट्टेडाँडाकी क. तारा रेग्मी सँग जनवादी विवाह गर्नु भयो । २०५६ मा भुमिगत हुनु भएका उहाँलाई २०५८ मा तत्कालिन श्री ५ को सरकारले संकटकाल घोषणा गरे पछि भएको तत्कालिन शाही सेनाको विभिन्न अप्रेसन मध्ये मकवानपुरको चनमन ब्यारेक शाही नेपाली सेनाले कब्जामा लिए पश्चात १ महिना सम्म आर्मी हिरासतमा राखे पश्चात जिल्ला हिरासत धादिङ हुँदै जिल्ला कारागार धादिङ राखियो । २०५८ पुष २७ मा पक्राउ पर्नु भएका क. वैकुण्ठ २०५९–६० मा भएको शान्ति वार्ताको क्रममा २०५९ चैत्रमा जेल मुक्त हुनु भयो ।
देश, जनता र सर्वहारा मुक्तीको निमित्त आफ्नो भैतिक शरिरको प्रवाह नगर्ने क. वैकुण्ठ जेल मुक्त भए पशचत पनि पार्टीमा सकृय हुनु भयो । २०६० को वार्ता विफल पछि पुःन भुमिगत हुनु भएका उहाँ पार्टी काम कै शिलशिलामा धादिङको तसर्पु रातमाटेमा रहेको विद्युत गृहमा पार्टीको विाष्ेश काममा रहेको वेला तत्कालिन शाही सेनाले २०६० साल असोज २६ गते कब्जामा लिई हत्या ग¥यो । २०५८ मा धादिङको थर्पुभञ्ज्याङमा भएकोृ जिल्ला जनसरकारको सदस्य चयन हुनु भएका क. बैकुण्ठ रेग्मी दक्षिण पूर्वी धादिङको आम जनसभामा लोक पृृय हुनु हुन्थ्यो । समाजको विकृती विसंगतीका विरुद्ध र सर्वहााराको मुक्तिका निमिक्त आफ्नो जिवनको वलिखदानी चढाउनु भएका शहिद क. वैकुण्ठ रेग्मी (रोशन)को अभाव दिन प्रतिदिन बढिरहेको महशुस सिंगो पार्टी पंक्ति र आम धुनिवेशी नगरवासीले गरी रहेका छन् । महान शहिद क. वैकुण्ठ रेग्मी (रोशन) प्रति हार्दिक श्रद्धाञ्जली !
(लेखक रमेश प्रसाद आचार्य ने.क.पा. माओवादी धादिङको पूर्व जिल्ला कमिटी सदस्य तथा धुनिवेशी नगरका पुराना नेता हुन्। )

२६ आश्विन २०७८, मंगलवार १०:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस