|  

गजुरी १ र बेनिघाट रोराङ २ मा नेकपा एकीकृत समाजबादी को भेला सम्पन्न

२७ कार्तिक २०७८, शनिबार १९:०१ प्रकाशित
प्रदेश हव डटकम


कार्तिक २७, धादिङ
नेकपा एकीकृत समाजबादी पार्टी ले पछिल्लो समय देशैभर वडा तथा जिल्ला हरुमा भेला गर्ने र कमिटी गठन गर्ने कार्य लाई तिब्रता दिएको छ। यसैबीच शनिबार धादिङ स्थित गजुरी गाउँपालिका वडा नं १ मा प्रकाश अधिकारी अध्यक्ष रहने गरि २२ सदस्य वडा कमिटी गठन गरिएको छ।

बागमती प्रदेश सदस्य प्रमोद रुपाखेती को प्रमुख आतिथ्यता मा सम्पन्न भएको कार्यक्रम मा प्रदेश सदस्य सुक्ल उप्रेती, गजुरी गाउँपालिका इन्चार्ज अर्जुन अर्याल, प्रदेश कमिटी सदस्य सीता ढुङगाना लगाएत को आतिथ्यता रहेको युवा संघ धादिङको सह- सचिवले सन्दिप बस्नेत ले प्रदेश हव लाई जानकारी दिनु भयो।

तेस्तै बेनिघाट रोराङ २ नम्बर वडा मा पनि राम बहादुर भुजेल अध्यक्ष रहने गरि २७ सदस्य वडा कमिटी गठन गरिएको छ। भेला ले राजन सिलवालको अध्यक्षतामा २१ सदस्य युवा संघ को गठन गरेको युवा संघ धादिङका सह-सचीव बस्नेत ले बताउनु भयो।
यसैगरी सोही वडामा बिकास भुजेलको अध्यक्षतामा २१ सदस्य पिपुल्स भाेलेनटिर समेत गठन गरिएको छ।

प्रदेश कमिटी सदस्य टाप बहादुर श्रेष्ठ को प्रमुख आतिथ्यता रहेको कार्यक्रम मा पार्टी प्रती आस्था राख्ने बाक्लो जनसमुदाय को उपस्थिति रहेको थियो।

२७ कार्तिक २०७८, शनिबार १९:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस