|  

गजुरी गाउँपालिका–६ को नवनिर्मित वडा कार्यालय भवन मन्त्री जम्कटेलद्धारा उद्घाटन

४ चैत्र २०७८, शुक्रबार २०:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


राजन अधिकारी/गजुरी
गजुरी गाउँपालिका अन्र्तगत वडा नं. ६ को प्रशासनिक भवनको आज एक समारोहका विच शुक्रवार बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले उद्घाटन गरेका छन् । गजुरी गाउँपालिका वडा नं. ६, जरे गाउँमा निर्माण भएको प्रशासनिक भवन को उद्घाटन गर्दै मन्त्री जम्कटेलले प्रदेश सरकारले उत्पादन मुखी कार्यक्रम ल्याउने तयारी गरेको बताउनु भयो । पूर्वाधार विकास सँगै जनताको आय स्तरमा वृद्धी गर्न सरकारले सबैलाई उत्पादन मुखी कार्यक्रममा लाग्न आग्रह गर्नु भयो । प्रदेश सरकारले टुक्रे योजना भन्दा एक वडा एक पकेट उत्पादन क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको छ, उनले भने ‘प्रदेश सरकार शिक्षा, स्वास्थ्य, सिंचाई लगायतका पूर्वाधार निर्माण तथा मर्मत गरि जनताको आय स्तरमा बृद्धि गर्न लागि परेको छ ।’
गजुरी गाउँपालिका वडा नं. ६ को वडा अध्यक्ष अर्जुन बहादुर मगर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा वासीहरुले आफ्नै प्रशासनिक भवनबाट सेवा लिन पाएको भन्दै खुसि व्यक्त गरेका छन् । कार्यक्रममा गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगाना र प्रमुख प्रशासकिय अधिकृत राजन घिमिरेको विषेश आतिथ्यता रहेको थियो । गजुरी गाउँपालिकाको ८ वटै वडाको आफ्नै प्रशासनिक भवन निर्माण भई सकेका छन् । नवनिर्मित भवन उद्घाटन समारोहमा गजुरी गाउापालिका वडा २ का वडा अध्यक्ष चुडामणी कँडेल, वडा नं. ८ का अध्यक्ष राजकुमार ढुंगाना, लगायत विभिन्न राजनैतीकि दलका प्रमुख एवं प्रतिनीधि, विभिन्न संघ संस्थाका प्रतिनीधिको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका तस्विरहरु :

४ चैत्र २०७८, शुक्रबार २०:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस