|  

एमाले प्रवेश गरेका धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटी माओवादी केन्द्रमा फर्किए

२२ चैत्र २०७८, मंगलवार १८:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हिजो अर्थात शोमबार बालको गएर एमाले अध्यक्ष केपी अोलिले पार्टी प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी `हरि´ २४ घण्टामा माओवादीमा फर्किएका छन् । यस्तो छ डल्लाकोटीको विज्ञप्ति
मितिः-२०७८/१२/२२
प्रेस विज्ञप्ती
उपरोक्त सम्बन्धमा म पित्त बहादुर डल्लाकोटी (हरि)
हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)
को बागमती प्रदेश कमिटी सदस्य, बेनिघाट रोराङ्ग गाउपालीकाको इन्चार्ज र
२०७४ सालको स्थानिय निर्वाचनमा पार्टीको तर्फवाट गाउपालिका अध्यक्षमा
पार्टीको उम्मेदवार भएर विजयी भई क्रियाशील भइरहेको अवस्थामा म भित्र
क्षणिक आक्रोश र आवेगमा आई राजनैतिक रुपमा गम्भीर गल्ती कमजोरी
हुन गई समग्र पार्टी, बेनिघाट रोराङ्ग र धादिङ्गको पार्टी पंक्तिमा पर्न गएको
क्षतिप्रति गम्भीर रुपमा आत्माआलोचना गर्न चाहान्छु र आगामी दिनमा
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) मा रही पार्टीको निर्णय अनुसार
निरन्तर क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।
क्रान्तिकारी अभिवादन सहित
पित्त बहादुर डल्लाकोटी (हरि)

२२ चैत्र २०७८, मंगलवार १८:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस