|  

सुन्दर र समृद्ध वडा, हाम्रो प्रतिवद्धता–बद्रि जम्कटेल

१६ बैशाख २०७९, शुक्रबार ०७:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/यहि बैसाख ३० गते हुने स्थानिय निर्वाचनमा मनोनयन दर्ता पश्चात उम्मेदवारहरु आ–आफ्नो प्रतिवद्धता लिएर घरदैलो गर्न थालेका छन् । प्रत्यक्ष रुपमा जनता सँग जोडिने वडा सरकारको नेतृत्व हत्याउने दाउमा विभिन्न पार्टीबाट टिकट लिएका उम्मेदवारहरु अहिले दिगो विकासलाई मुख्य एजेण्डाको रुपमा अघि सार्दै भोट माग्न ब्यस्त छन् ।
धादिङको गजुरी गाउँपालिका वडा नं. ७ को अबको ५ वर्ष वडाको सरकार अर्थात गाउँको सिंहदरबार सम्हाल्न नेकपा (माओवादी केन्द्र) को तर्फबाट बद्रि प्रसाद जम्कटेलले उम्मेदवारी दिएका छन् । सुन्दर र समृद्ध वडा निर्माण गर्ने प्रतिवद्धता सहित निर्वाचनमा होमिएका जम्कटेलको यस्तो छ जनता सामु राखेका प्रतिवद्धताहरु :
१. उन्नत कृषि किसानको समृद्धी
२. गुणस्तरीय शिक्षा र स्वास्थ्यमा लगानी, प्राविधिक शिक्षाको विस्तार, सामुदायीक विद्यालयमा गुणस्तर सुधार
३. वडाको पूर्वाधार : भर पर्दाे सडक र यातायात
४.पर्यटनको विकास : समृद्धीको आधार
५. वडामा सुशासन : चुस्त, सदाचार एवं विभेद मुक्त प्रशासन
६. प्रकोप व्यवस्थापन, वन तथा वातावरण संरक्षण : जलवायु संकटको स्थानिय सम्बोधन
७. रोजगारी, उद्यमशिलता र सिपको विकास : एक घर एक रोजगार, गरिवका लागि वडा सरकार
विगत ५ वर्षको वडा सरकारलाई समिक्षा गर्दै वडाबासीहरुले आफु र आफु र आफ्नो प्यानललाई जिताउने विस्वास लिएको वडाध्यक्षका उम्मेदवार जम्कटेलले बताउनु भयो ।

१६ बैशाख २०७९, शुक्रबार ०७:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस