|  

गृहको सर्वेक्षण नतिजा : एमाले-माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट !

१० श्रावण २०७९, मंगलवार ०७:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडाैँ । संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो ।
गृह मन्त्रालयले दुई महिना लगाएर गरेको एक तथ्यांकअनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै निर्वाचनमा गएमा कसैको पनि बहुमत नआउने देखिएको छ । एक्ला एक्लै निर्वाचनमा गए काँग्रेसले ७७ सिटमा जित हासिल गर्नेछ । त्यसैगरी एमालेले ७० सिट र माओवादीले ८ सिट जित्ने रिपोर्ट निकालिएको छ ।
मन्त्रालयले यसको अलवा अर्को रिपोर्ट पनि बनाएको छ । सो रिपोर्टअनुसार माओवादी केन्द्र जता मिल्यो उतै भारी बहुमत आउने देखिएको छ । एमाले र माओवादी मिल्दा करिब दुई तिहाइ बहुमत आउने तथ्यांकले देखाएको छ । एमाले र माओवादी मिल्दा १४५ सिट आउने र काँग्रेस र माओवादी मिल्दा १०९ सिट मात्र जित्ने सो तथ्यांकले देखाएको छ । -नागरिक दैनिकबाट

१० श्रावण २०७९, मंगलवार ०७:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस