|  

पूर्वअर्थमन्त्री शर्मा फेरि अर्थमन्त्रीको जिम्मेवारीमा फर्कने निश्चित

१५ श्रावण २०७९, आईतवार १०:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्रीको जिम्मेवारीमा फर्कने निश्चित भएको छ। बजेट निर्माणको क्रममा करको दर हेरफेरमा बाहिरको व्यक्ति संलग्न गराएको आरोपमा उनले पदबाट राजीनामा दिएका थिए।

कदको दर परिवर्तन गर्न सरकारकै पूर्व नायब सुब्बालाई जेठ १४ को राति अर्थ मन्त्रालयमा प्रवेश गराएरै करका दरहरु हेरफेर गराएको आरोप लागेको थियो।

आरोपित शर्मालाई संसदीय छानबिन समितिले नै सफाइ दिएपछिपछि उनको पुनरागमन निश्चित भएको हो।

आज बस्ने स्थायी कमिटी बैठकले शर्मालाई पुनः जिम्मेवारीमा फर्काउन सिफारिस गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् हेरफेर गर्ने माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले बताए।

उनले भने, ‘उहाँ (शर्मा) पुनर्बहाली हुनुहुन्छ। राजीनामा दिएर बसेकाले आज बस्ने बैठकले पुनः सिफारिस गरेर पठाउने तयारी छ। त्यसपछि प्रधानमन्त्रीले हेर्नुहोला।’

माओवादी केन्द्रले अर्थमन्त्रीमा शर्माको पुनरागमन गराएर मात्रै निर्वाचनको मिति तोक्न दिने संकेत गरेको छ। आरोपित व्यक्तिलाई संसदीय छानबिन समितिले नै सफाइ दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि सजिलो भएको छ।

माओवादी अध्यक्ष प्रचण्डकै इशारामा सरकार र संसद चलाइरहेका देउवाले शर्मालाई छिटै मन्त्रीमा पद बहाली गराएर प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी गरेका छन्।

१५ श्रावण २०७९, आईतवार १०:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस