|  

आज विश्वकर्माको पूजा गरिँदै

१ आश्विन २०७९, शनिबार ०६:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं : असोज संक्रान्तिको अवसरमा शनिबार विश्वकर्माको पूजा गरिँदैछ।
शिल्प र प्रविधिसम्बन्धी काम गर्नेहरूले विश्वकर्माको पूजा–आराधना गर्छन्। यो दिन विश्वकर्मासँगै बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रहरूको पूजा गर्ने चलन छ।
प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन्। विश्वकर्मा खुशी भए उनको गुण आफूमा प्राप्त हुने विश्वासमा कालिगढ उनको पूजा–आराधना गर्छन् ।

विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन्। पौराणिक तथा संस्कृत साहित्यमा विश्वकर्मा ठूला वास्तुविद् भएको उल्लेख छ। द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाएर लुकाएको बताइन्छ।

१ आश्विन २०७९, शनिबार ०६:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस