|  

काठमाडौंको तापक्रम ४.२ डिग्री सेल्सियम मापन

१९ पुष २०७९, मंगलवार ०७:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं : बिहानैदेखि देशभरको मौसम आंशिक बदली छ। मध्य तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मंगलबार दिउँसो प्रदेश १,गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार दिउँसो पनि देशैभरको मौसम आंशिक बदली रहनेछ।
वर्षाको भने सम्भावना नरहेको उनले बताइन्। आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियम मापन भएको विभागले जनाएको छ।

१९ पुष २०७९, मंगलवार ०७:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस