|  

राहदानी वितरणको काम अनिश्चितका कालका लागि बन्द

२० पुष २०७९, बुधबार ०७:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं : राहदानी वितरणको काम अनिश्चितका कालका लागि बन्द भएको छ। राहदानी विभागको सिस्टमको समस्याका कारण राहदानी वितरणको काम बन्द गरिएको विभागले जनाएको छ।

विभागले मंगलवार एक सूचना जारी गर्दै सिस्टममा समस्या आएकाले अर्काे सूचना जारी नभएसम्मका लागि राहदानी वितरणको काम रोकिएको जनाएको छ। सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने प्रवक्ता दुरपदा सापकोटाले बताइन्।

तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागको भनाइ छ। यता सरकारले विभागमा देखिएकाे लाइन व्यवस्थापन गर्न निर्देशन दिएकाे छ। थाहा खवर बाट ।

२० पुष २०७९, बुधबार ०७:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस