|  

प्रदेशसभाका पदाधिकारीलाई सुविधैसुविधा

२१ पुष २०७९, बिहीबार ०९:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । मुलुक प्रादेशिक संरचनामा गएपछि वागमती प्रदेश सभाका सभामुख र उपसभामुखसहित पदाधिकारीले प्रदेश सभाका अन्य सदस्यभन्दा धेरै प्रकारका सुविधाहरू पाएका छन् । उक्त सुविधाका कारण पनि विभिन्न दलका नेताहरू वागमती प्रदेशमा आकर्षित भएको पाइएको छ । वागमती प्रदेश संसद् सचिवालयका अनुसार सभामुखले पारिश्रमिक मात्रै ६१ हजार ४ सय ८० रुपियाँ, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेताले ५८ हजार, सत्ता पक्षका मुख्य सचेतक, समिति सभापति र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकले ५६ हजार ८ सय ४० रुपियाँ पाउने व्यवस्था छ । दलका प्रमुख सचेतक, सत्ता पक्षका सचेतक र प्रमुख प्रतिपक्षी दलका सचेतकले ५४ हजार ५ सय २० रुपियाँ र सदस्यले ५२ हजार २ सय रुपियाँ प्रतिमहिना पारिश्रमिक पाउने व्यवस्था छ। त्यसै गरी पदाधिकारी र सदस्यले प्रदेशसभा बैठक वा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिएबापत् प्रतिदिन १ हजार रुपियाँ पाउने बैठकभत्ता पाउने व्यवस्था छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

२१ पुष २०७९, बिहीबार ०९:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस