|  

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

१९ श्रावण २०८०, शुक्रबार ०७:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


न्याय सेवामा प्रवेश गरेको ४० वर्षमा प्रधानन्यायाधीश बन्ने अवसर, १९ महिना रहनेछन् पदमा

कैलाली धनगढीका विश्वम्भर श्रेष्ठले ०४१ पुसदेखि न्याय सेवामा प्रवेश पाएका थिए । न्याय क्षेत्रमा ४० वर्षको अनुभव सँगालेका उनी न्यायिक निकायकै सर्वोच्च पद प्रधानन्यायाधीश बन्दै छन् । २० असोज ०१६ जन्ममिति रहेका उनी उमेरहदका कारण २० असोज ०८१ सम्म अर्थात् १९ महिना प्रधानन्यायाधीश पदमा रहन पाउनेछन् ।

प्रधानन्यायाधीश बन्ने अवसर, १९ महिना रहनेछन् पदमा
कैलाली धनगढीका विश्वम्भर श्रेष्ठले ०४१ पुसदेखि न्याय सेवामा प्रवेश पाएका थिए । न्याय क्षेत्रमा ४० वर्षको अनुभव सँगालेका उनी न्यायिक निकायकै सर्वोच्च पद प्रधानन्यायाधीश बन्दै छन् ।

३ जेठ ०४५ मा पहिलोपटक जिल्ला न्यायाधीश नियुक्त भएका उनले दार्चुला जिल्ला अदालतमा सेवा दिए । त्यसपछि डडेल्धुरा, उदयपुर, मकवानपुर, झापासमेतका जिल्ला अदालतमा कार्यरत रहे ।

१० चैत ०६२ मा पुनरावेदन अदालत बाग्लुङमा नियुक्ति पाएका उनी ०७३ साउनमा सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए । उनी क्याडरबाट अर्थात् तल्ला तहका अदालतमा न्यायाधीश हुँदै सर्वोच्च प्रवेश गरेका हुन् । २० असोज ०१६ जन्ममिति रहेका उनी उमेरहदका कारण २० असोज ०८१ सम्म अर्थात् १९ महिना प्रधानन्यायाधीश पदमा रहन पाउनेछन् ।
साभार:नयाँ पत्रीका दैनिकबाट

१९ श्रावण २०८०, शुक्रबार ०७:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस