|  

कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याइँ हो: केपी ओली

२० श्रावण २०८०, शनिबार १८:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले कुलो खनेर महाकाली नदीको मुहान भन्नु अर्घेल्याइँ मात्रै रहेको बताएका छन्।

शनिबार बसेरा होटलमा पार्टीको परराष्ट्र मामिला विभागले आयोजना गरेको वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र परराष्ट्र नीतिसम्बन्धी एमालेको धारणा कार्यक्रममा बोल्दै भारतले कुलो खनेर महाकाली नदीको मुहान भन्न नहुने बताएका हुन्।

‘कुलो खनेर महाकाली नदीको मुहान भन्नू भारतको अर्घेल्याइँ हो। त्यस्तो पनि गर्न हो? छिमेकीले त्यस्तो त गर्नु भएन नि,’ उनले भने । नेपालले भने आफ्नो दाबी छोड्न नहुने ओलीको भनाइ छ।

यस्तै कालापनीमा भारतले ६१ वर्षअघि सेना राखेको उनले बताए। भारतले लिम्पियाधुरा-लिपुलेकमा आफ्नो दाबी गर्न नहुने उनले बताए।

‘कालापानीमा ६१ वर्षअघि भारतले सेना ल्याएर राख्यो। विना सम्झौता यसरी एकतर्फी रूपमा विना जानकारी राख्नु राम्रो भएन,’ उनले भने, ‘अहिले लिम्पियाधुरा-लिपुलेक हाम्रो भन्नै हुँदैन भन्ने जस्तो भएको छ। तर हामीले दावी छोड्न हुँदैन। उहाँहरूले उपभोग गरिरहेको किन हो त?’

यस्तै उनले आफू प्रधानमन्त्री हुँदा इपिजी प्रतिवेदन बुझ्ने भनिएपनि मिति नतोकिएको र पछि सरकार नै छाड्नुपरेको बताए। अहिलेको प्रधानमन्त्रीले त्यसबारेमा भारतलाई सोध्नसम्म नसकेको उनले बताए।

देशको हितको विषयमा छिमेकी मुलुकसँग कुरा राख्न नसक्ने सरकार र सत्ताको अर्थ नहुने उनको भनाइ छ।
साभार:सेतो पाटिबाट

२० श्रावण २०८०, शनिबार १८:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस