|  

नेपाल खो खो संघ धादिङको जिल्ला स्तरीय भेला सम्पन्न

२० श्रावण २०८०, शनिबार १९:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


“राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद” नेपाल खो खो संघ धादिङको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ ।
शनिबार कार्यक्रमको आयोजना गरि भेला सम्पन्न गर्नुको साथै उद्धव रिजालको अध्यक्षतामा ११ सदस्यीय समिति समेत गठन गरिएको जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष प्रताप तामाङले बताउनुभयो।

उक्त भेला बाट उपाध्यक्ष सुनिल सिटौला, भक्त बहादुर गुरुङ, सचिव गणेश आचार्य कोषाध्यक्ष सुस्मा पोखरेल र सदस्यहरूमा मनोज श्रेष्ठ, अशोक गुरुङ, शंकर रिजाल, दिपा पूरी, सन्तोष गुरुङ, देव वहादुर गुरुङ चयन भएका छन् ।

धादिङ जिल्ला खेलकुद विकास समीतिका अध्यक्ष श्री प्रताप सिंह तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथिहरु नेपाल खो खो संघको केन्द्रिय कार्यवाहक अध्यक्ष प्रदीप महर्जन, नेपाल खो खो संघका मुख्य प्रशिक्षक लक्ष्मि नारायण वैद्य र नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगायत अन्य जनप्रतिनिधि, पत्रकार राखेर खेल प्रेमीहरुको सहभागी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप तामाङले बताउनुभयो।

२० श्रावण २०८०, शनिबार १९:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस