|  

रास्वपाले ‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता

२१ श्रावण २०८०, आईतवार ११:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।

रास्वा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको १ सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही १७ साउनदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए । तर, गैरकानुनीरूपमा रङ परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेको थियो ।

उक्त एम्बुलेन्स भारतीय दूतावासले आजभन्दा ११ वर्ष अगाडि चितवनको कलेजलाई दिएको थियो । लामो समयदेखि नवीकरणसमेत नगरिएको ना २ ख ५६१९ नम्बरको सेतो रंगको एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरिएको थियो।

२१ श्रावण २०८०, आईतवार ११:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस