|  

अमेरिकाको हवाई माउई टापुमा डढेलो, ६ जनाको मृत्यु

२५ श्रावण २०८०, बिहीबार ०७:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


अमेरिकाको हवाई माउई टापुमा लागेको डढेलोमा ६ जनाको मृत्यु भएको छ। १० बढी घाइते भएको सरकारी अधिकारीले बताएका छन्।

खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले जानकारी दिएका छन्। आगलागीसँगै सडक बन्द गरिएको छ भने हजारौँ नागरिक विस्थापित भएका छन्।

हजारौँ विद्युत र फोन सेवा अवरुद्ध भएका छन्। आगलागीका कारण धेरै घरमा क्षति पुगेको छ। क्षतिको एकिन विवरण आइनसकेको बताइएको छ। लाहाइनामा शहरमा धेरै विनाश भएको छ।

अमेरिकी कोस्ट गार्डले १२ जनालाई उद्धार गरेको बताएको छ।
साभार:थाहा खबरबाट

२५ श्रावण २०८०, बिहीबार ०७:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस