|  

गजुरीको आदमघाटमा ५ दिने योग विज्ञान शिविर

१५ आश्विन २०८०, सोमबार १८:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिका वडा नं. ६ आदमघाटमा ५ दिने योग शिविर सम्पन्न भएको छ । यहि असोज ११ गतेबाट शुरु भएको योग विज्ञान शिविर सोमवार सम्पन्न भएकाृ हो । शिविरमा आदमघाट, वेल्खु, बन्छेटार तथा गजुरी गाउँपालिका अन्य स्थानबाट सहभागीहरु उपस्थित भएको समाजसेवि विनोद भण्डारीले जानकारी दिनुभयो । पतन्जली योग समिति धादिङले आयोजना गरेको शिविरको समापन गर्दै गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले योग स्थल निर्माणको लागि २५ लाख गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष श्रेष्ठले स्वास्थ्यको लागि योग अध्यास गर्नु अति उत्तम रहेको बताउनु भयो । कार्यक्रममा पतञ्जली योग समिती, धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठको अध्यक्षता रहेको थियो भने वडा नं. ६ का अध्यक्ष भक्त बहादुर तामाङ लगायत स्थानिय समाजसेवीको आतिथ्यता रहेको थियो । उक्त योग शिविसमा विनोद भण्डारी संयोजक रहने गरि एक योग समिति गठन गरेको छ ।

१५ आश्विन २०८०, सोमबार १८:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस