|  

गजुरीमा चाडवाड लक्षित यात्रु सहायता कक्ष स्थापना

२० आश्विन २०८०, शनिबार २१:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी चेकपोष्टमा एक कार्यक्रम गर्दै बिजया दशमी, दिपावली तथा छठ पर्वमा यातायातमा हुने सवारी साधन चाप,यात्रुको भाडादरमा मनलाग्दी ढगी बढ्दै जाने हुँदा बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड‚यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकको समस्यालाई हल गर्ने उदेश्यले तत्काल सुनुवाई गरी समस्या समाधान गर्न यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रबिन्द्र कुमार श्रेष्ठले बताउनु भएको हो।

शनिबार गजुरी लगायत धेरै ठाउँमा चाडपर्वलाई लक्षित गरी जिल्लाका बिभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको समेत बताए ।कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख मदन कुँवर,जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रमुख रबिन्द्र कुमार श्रेष्ठ ,गजुरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तारानाथ भण्डारी,स्थानीय बासिहरु,पत्रकारहरुको उपस्थितमा कार्यक्रम सप्पन्न भएको छ।।

महान पर्व शुभ बिजया दशमी,शुभ दियाली तथा छट पर्वको उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि तथा दिर्घायुको मङगलमय ब्यक्त गर्दै सवारी चालकहरुलाई गाडी रोकेर गन्तव्य सम्म यात्रुहरुलाई सहजै पुर्यानका निम्ति अनुरोध गर्नुका साथै यात्राका क्रममा रहेका यात्रुहरुलाई कुनै समस्या परेमा जिल्ला प्रशासन कार्यालय,जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी र ट्राफिक प्रहरी कार्यालय धादिङ बेशीमा समेत जानकारी गराउन हुन अनुरोध गर्दै केही समस्या परेमा ०१०–५२०१९९/१००, ९८५१२८३४८०, ०१०–४०२१९६ र ९८५१२८२६६४ नम्बर सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी)गौतम मिश्रले जानकारी दिनुभयो।

u

२० आश्विन २०८०, शनिबार २१:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस