|  

तिहारकाे विदा मनाउन कहाँ जाने…?

१६ कार्तिक २०८०, बिहीबार ०७:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपालीहरूको महान चार्ड दशैँ सकिएर तिहार आउँदै छ । दशै मनाएर काममा फर्किएका ब्यक्तिहरु फेरि  तिहारमा घर जाने तरखरमा छन् ।  तिहार नजिकिएसँगै कार्यालय, स्कुल र कलेज पनि बिदा हुँदैछ । त्यसैले मानिसहरू छुट्टीमा घुम्न जाने योजना बुन्दैछन् । तर घुम्न कहाँ जाने भनेर पनि अन्योलमा हुन्छन् ।

राम्रो आम्दानी हुनेहरु विदेश घुम्न जान्छन् । सानो बजेटमा घुमफिर गर्न चाहानेहरुको रोजाइ चाँहि नेपालकै विभिन्न ठाउँहरु हुने गरेका छन् । हुन त काठमाडौँ उपत्यकाको धुलो, धुवाँ, प्रदूषण, भीडभाड र अस्तव्यस्तताले सहरभित्रका कुनै पनि गन्तव्यले सन्तुष्ट बनाउन सक्ने अवस्था छैन ।

तर, काठमाडौँ उपत्यकालाई वरिपरिबाट घेरेका पहाडी चुचुरा तथा उपत्यकाबाट केही पर विकसित भएका पर्यटकीय गन्तव्यहरु छन् । जहाँ परिवार र साथी भाइसहित दशैँ विदामा घुम्न चहानेहरुका लागि उपयुक्त छ ।

तिहार मनाउनेहरूका लागि उपयुक्त ठाउँहरू–

१. पोखरा

पोखरालाई घुमफिरका लागि उपयुक्त स्थान मानिन्छ। विदाको समयमा पोखरा भ्रमणमा जाने स्वदेशी पर्यटकहरु प्रशस्त हुने गर्छन्। पोखराको पहिलो आकर्षण भनेको फेवाताल हो। जहाँ डुङ्गामा शयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ।

माछापुच्छ्रे हिमाल पनि यहीँबाट देखिन्छ। पोखराको जुनसुकै ठाउँबाट उत्तरतर्फ सेता हिमालहरु देख्न सकिन्छ। नयाँ वर्ष, दशैँ तथा विदाको समयमा यहाँका होटलहरु भरिभराउ नै हुन्छ।

२. मुस्ताङ

धार्मिक आस्थाको केन्द्र बनेको मुस्ताङको मुक्तिनाथ मन्दिर पनि आन्तरिक तथा भारतीय पर्यटकको रोजाइको गन्तव्य बनेको छ। पोखराबाट बेनी (मार्फा–जोमसोम) कागबेनी हुँदै मुक्तिनाथ पुग्नका लागि सहज बनेको छ।

मुक्तिनाथ धार्मिक आस्थाले मात्रै होइन, बाटोमा पर्ने मार्फा गाउँका स्याउ, चिसो बतास चल्ने जोमसोमसँगै कालिगण्डकीको मुहान कागबेनी निकै रमाइलो ठाउँ छ। यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ जुन त्यो नेपालकै एक विशेष क्षेत्र हो।

३. रारा

आफ्नो विदा मनाउनका लागि नेपालको उपयुक्त ठाउँहरूमध्ये एक हो, रारा ताल। समुद्री सतहबाट दुई हजार ९ सय ९० मिटर उँचाइमा रहेको तालले घामको किरण अनुसार रङ फेरेको अद्भूत देखिन्छ। रारा तालको पूरै आकृति हेर्न मुर्मा टप उपयुक्त ठाउँ हो, जुन करिब ४ हजार मिटरको उचाइमा छ।

विदेशी पर्यटकको आगमन बढ्न नसके पनि रारामा आन्तरिक पर्यटक उल्लेख्य मात्रामा पुग्ने गर्छन्। अधिकांश मानिसहरूले घुम्नका लागि रारा जान रुचाउने गर्छन्। त्यहाँ पुग्दा स्वर्ग नै पुगेको अनुभूति हुन्छ। त्यसैले दशैँ–तिहारको विदा मनाउनका लागि रारा जानु उपयुक्त ठाउँ हुन्छ।

४. लुम्बिनी

गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्धमार्गीका साथै शान्तिगामी स्वदेशी र विदेशी पर्यटकको मनमा बसेको ठाउँ हो। बौद्ध दर्शन अध्ययन–अनुसन्धान गर्नेहरुका लागि पनि लुम्बिनी महत्वपूर्ण स्थल हो। लुम्बिनीको मुख्य आकर्षण केन्द्रविन्दु मायादेवी मन्दिर हो।

लुम्बिनी पुगिसकेपछि बुद्धसम्बन्धी अन्य पर्यटकीय ठाउँ नपुग्नु अपूरो यात्रा हुन सक्छ। बुद्धले आफ्नो जीवनकालको २९ वर्ष बिताएको शाक्य राज्यको राजधानी कपिलवस्तुको तिलौराकोट अर्को पुग्नैपर्ने ठाउँ हो। यो ठाउँ लुम्बिनीबाट २८ किलोमिटर दक्षिण–पश्चिममा पर्छ। त्यसैले वर्ष दिनको तनावलाई हटाउन त्यहाँ जान सकिन्छ।

५. चिसापानी

चिसापानी काठमाडौँ, सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमाना जोडिएको छ। काठमाडौँ उपत्यकाबाट नजिकै भएकाले आन्तरिक र बाह्य दुवै थरिका पर्यटक चिसापानीमा पुग्ने गर्दछन्। वरिपरिका डाँडा देखिने रमणीय अग्लो स्थानमा रहेको चिसापानी समुद्री सतहबाट २ हजार २ सय मिटरमा पर्दछ।

पर्यावरणीय सम्पदाले सुसज्जित र हिमश्रृङ्खलाले घेरिएको यस क्षेत्रमा पुग्ने जो कोहीको मन प्रफुल्लित भएर आउँछ। सगरमाथा, माछापुच्छ्रे, गौरीशंकर, अन्नपूर्ण, लाङटाङ, गणेश हिमालको दृश्यावलोकन गर्न सकिने यहाँ बाट एकैदिनमा पनि काठमाडौँ फर्कन सकिन्छ। एक रात बास बस्ने हो भने सुविधायुक्त होटलहरू छन्।

६. चित्लाङ

काठमाडौँको थानकोटबाट करिब १६ किलोमिटर दूरीमा अवस्थित चित्लाङ नेपालको मध्यभागमा रहेको मकवानपुर जिल्लाको एक गाउँ हो। यो गाउँ सहरी व्यस्तताबाट केही समयको लागि टाढिन चाहने आन्तरिक पर्यटकको लागि उत्कृष्ट स्थान मानिन्छ। यहाँ परिवार, साथीभाइसँग बसेर क्याम्प फायर, बार्बीक्यू गर्न सकिन्छ।

यस्तै चित्लाङमा बाख्राको दूधबाट निर्मित चिज, ट्राउट माछा तथा स्थानीय स्तरमा उत्पादित तरकारीका लागि चर्चित छ। होमस्टेको समेत विकास भइसकेका कारण चित्लाङ एक सुविधासम्पन्न गन्तव्यका रूपमा स्थापित भइसकेको छ।

७. सौराहा

दशैँ–तिहारको छुट्टी मनाउनका लागि उपयुक्त ठाउँमध्ये एक हो, चितवन। थारु संस्कृतिको अवलोकन, साँझ राप्ती र नारायणी नदीको दोभानमा सुर्यास्तको दृश्य, अनि जंगलसफारीका लागि प्रख्यात छ।

त्यसका साथै यो ठाउँ मयुर, च्याखुरा, पानी हाँस र चखेवाको वथानसहित अन्य चराहरुको बसोबासको थलो हो। चितवन स्वदेशी विदेशी दुवै खालका पर्यटकका लागि प्रख्यात छ। समय  निकालेर घुम्न आउनेका लागि चितवन उपयुक्त स्थान हुन सक्छ।

८. नगरकोट

काठमाडौँ नजिकै रहेको नगरकोट प्रमुख पर्यटकीय गन्तव्य हो। ३२ किलोमिटरको दूरीमा रहेको नगरकोटमा सहजै पुग्न सकिन्छ। यो ठाउँ सूर्योदयको रमणीय दृश्य हेर्नका लागि पनि प्रख्यात छ।

नगरकोटबाट लाङटाङ हिमशृंखला र अझ सफा मौसममा त सगरमाथा समेत अवलोकन गर्न सकिन्छ। त्यसैले आफ्नो बहुमूल्य समयलाई त्यहाँ बिताउन सकिन्छ।

९. धुलिखेल

उपत्यकामा बस्नेहरूका लागि धुलिखेल अर्को गन्तव्य हो। होटेल–रिसोर्टको राम्रो सुविधा रहेको धुलिखेल सबै प्रकारका पर्यटकलाई सुविधा दिन सक्ने क्षमता राख्छ। धुलिखेल पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ।

महँगा होटेलदेखि आमसर्वसाधारणले समेत यहाँ बिदा मनाउन सक्छन्। यो ठाँउ परिवारिक घुमघामका लागि राम्रो मानिन्छ। सार्वजनिक यातायातको सुविधा उपलब्ध हुने धुलिखेल परिवारका साथ जाने मानिसका कारण सेपासुविधा सम्पन्न ठाउँ छ।

१०. बन्दीपुर

तनहुँको बन्दीपुर पुरानो बजार हो। पुराना घरहरूलाई कलात्मक रुपमा सिंगारिएको बन्दीपुर मुलुककै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। डुम्रेबाट ८ किलोमिटरको दूरीमा रहेको बन्दीपुरमा स्वदेशी विदेशीको बाक्लो भीड लाग्ने गर्छ।

यहाँको आकर्षण भनेको नेवारी वस्ती र सुन्दर दृश्यावलोकन नै हो। यहाँबाट तनहुँको सुन्दर फाँटहरु, हिमाल लगायतका दृश्यहरु हेर्न पाइन्छ। वातावरणका कारण पनि उपयुक्त रहेको बन्दीपुर  दशैँ विदा मज्जा मनाउन सकिन्छ।

नेपालीहरूको महान चार्ड दशैँ सकिएर तिहार आउँदै छ । दशै मनाएर काममा फर्किएका ब्यक्तिहरु फेरि तिहारमा घर जाने तरखरमा छन् । तिहार नजिकिएसँगै कार्यालय, स्कुल र कलेज पनि बिदा हुँदैछ । त्यसैले मानिसहरू छुट्टीमा घुम्न जाने योजना बुन्दैछन् । तर घुम्न कहाँ जाने भनेर पनि अन्योलमा हुन्छन् ।

राम्रो आम्दानी हुनेहरु विदेश घुम्न जान्छन् । सानो बजेटमा घुमफिर गर्न चाहानेहरुको रोजाइ चाँहि नेपालकै विभिन्न ठाउँहरु हुने गरेका छन् । हुन त काठमाडौँ उपत्यकाको धुलो, धुवाँ, प्रदूषण, भीडभाड र अस्तव्यस्तताले सहरभित्रका कुनै पनि गन्तव्यले सन्तुष्ट बनाउन सक्ने अवस्था छैन ।

तर, काठमाडौँ उपत्यकालाई वरिपरिबाट घेरेका पहाडी चुचुरा तथा उपत्यकाबाट केही पर विकसित भएका पर्यटकीय गन्तव्यहरु छन् । जहाँ परिवार र साथी भाइसहित दशैँ विदामा घुम्न चहानेहरुका लागि उपयुक्त छ ।

१६ कार्तिक २०८०, बिहीबार ०७:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस