|  

ब्रोम्दिङको पर्यटन विकासको लागी प्रदेश सरकारले वृहत योजनासाथ अघि बढ्नेछ –जम्कट्टेल

१६ कार्तिक २०८०, बिहीबार ०८:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


ब्रोम्दिङ पर्यटकिय क्षेत्रको विकासको लागी प्रदेश सरकारले विषेश योजना बनाएर अघि बढ्ने बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कटेलले बताउनु भएको छ । बेनिघाट रोराङ गाउँपालिकाले आयोजना गरेको ब्रोुम्दीङ पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कटेलले यस्तो बताउनु भएको हो ।
प्राकृतिक रुपमा रहेका पर्यटकिय क्षेत्रको स्वरुपलाई जस्ताको तस्तै राखि विकास गर्नु पर्ने धारण राख्नु भयो ।
ब्रोम्दिङ पर्यटन महोत्सव’ हिजो देखि सुरु भई आजसम्म मेला लाग्ने छ।धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. १ मा रहेका पर्यटकीय क्षेत्र ब्रोम्दिङ, जरुङ, थामभञ्ज्याङ लगायतको ठाउँ एक्सप्लोर गर्न ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ सुरू भएको हो ।
ब्रोम्दिङ शैलुङ र दामनको सम्मिश्रण भएको उत्कृष्ट पर्यटकीय गन्तव्य हो । जहाँ शैलुङमा देखिने स–साना डाँडा भएका थुम्का छन् भने दामनको जस्तो चिसो मौसम पाइन्छ ।
२२ सय मिटर उचाईमा रहेको ब्रोम्दिङबाट गणेश हिमाल, मनास्लु लगायतका हिमश्रृङ्खला स्पष्टसँग देख्न पाइन्छ । तामाङ बस्तीको बाहुल्यता रहेको ब्रोम्दिङ स्थानीय परिकार र उत्पादनले पनि भरिपूर्ण ठाउँ हो।

१६ कार्तिक २०८०, बिहीबार ०८:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस