|  

लौना ! ब्लड क्यान्सर पीडित १५ वर्षीया सिविषालाई बचाईदिनु पर्‍यो

१७ कार्तिक २०८०, शुक्रबार ०६:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागलुङ । बागलुङकी ब्लक क्यान्सर पीडित बालिकालाई बचाउन अभिभावकले सहयोगको अपिल गरेका छन्। ब्लक क्यान्सर रोगबाट पीडित बागलुङ नगरपालिका–३ घर भई हाल काठमाडौंमा अध्ययनरत १५ वर्षीय सिविषा खड्कालाई बचाउनका लागि परिवारले सहयोगको आह्वान गरेका हुन्।

सिविषालाई २०७८ फागुन महिनादेखि ब्लड क्यान्सर देखिएको र उपचार गराइरहेको उनकी आमा रोशनी श्रेष्ठ खड्काले बताइन। उनले हालसम्म ५० लाख रुपैयाँ खर्च गरिसकेको र थप खर्च जुटाउन गाह्रो भएकाले सहयोगको आह्वान गरिएको बताइन।

क्यान्सर पीडित सिविषाले आफ्नो बाँच्ने रहर भएकाले सहयोग गरिदिन आह्वान गरिन। उनले आफ्नो उपचारमा परिवारले ठूलो आर्थिक नोक्सानी व्यहोरेको र यस बीचमा सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन गर्दै अझै सहयोग गरिदिन आह्वान गरिन। उनले रोग लागेपछि धेरै दुःख पाएको र त्यसलाई भन्न नसकिने बताइन।

सिविषाकी आमा रोशनीले हाल उपचार भइरहेकोमा चिकित्सकहरूले एक करोड खर्च लाग्ने अनुमान गरेकाले उक्त खर्च जुटाउन परिवारले नसक्ने भएकाले सार्वजनिक रूपमा सहयोगको याचना गरिएको बताइन।

उनले उक्त रकम खर्च नभएमा परिवारका सदस्यले अन्य पीडितको उपचारमा खर्च गर्ने र कोष बनाउने समेत बताइन। सिशिषालाई सुरुवातमा पोखरामा सामान्य उपचारपछि सैनिक अस्पताल हुँदै काठमाडौंको ब्लड अस्पतारमा उपचार भइरहेको परिवारले जनाएको छ।

पहिलो चरणमा उपचारबाटै उनको रोग निको पार्ने प्रयास भैरहेको छ। त्यसपछि मात्र बोनम्यारो परिवर्तन गर्ने भएकाले उपचारमा धेरै खर्च लाग्ने देखिएको हो। ‘अहिले त सामान्य मान्छे जस्तै देखिन्छे। शरीरमा किमो दिएपनि नलिएर अन्य लक्षण देखिएपछि अहिले दोस्रो चरणको उपचार भइरहेको छ। डाक्टर विशेष पौडेलले हप्ता हप्तामा परीक्षण गरिरहनुभएको छ’, आमा रोशनीले भनिन्,‘दोस्रो चरणमा औषधि प्रयोग गर्नुपरेमा आइसियुमा राख्नुपर्ने र एक करोड लाग्ने औषधिको मात्रै एक करोड खर्च लाग्ने भनिएको छ। तेस्रो चरणमा मात्रै बोनम्यारो ट्रान्सप्लान्ट गर्ने डाक्टरले सल्लाह दिनुभएको छ।’

पीडित सिविषाले निको भएर डाक्टर बन्ने सोच बनाएकी छिन्। पहिलेदेखिनै डाक्टर बन्ने चाहना राखेकी उनले रोगलाई जित्ने आस गरेकी छिन्। उनको उपचारमा सहयोग जुटाउन अभिभावकका रूपमा स्थानीय अमरबहादुर खड्का नेतृत्वमा सिविषा उपचार सहयोग समिति गठन गरिएको छ।

सिविषालाई आर्थिक सहयोग गर्नका लागि आमा शिखा श्रेष्ठका नाममा रहेको ग्लोबल आइएमइ बैंकको खाता नम्बर १२०७०१००००३३४ र इसेवा आइडी नम्बर ९८५७६२२२७० मा सार्वजनिक गरिएको छ।

१७ कार्तिक २०८०, शुक्रबार ०६:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस