|  

३ वर्षमा युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रमको लागि २५ करोड बजेट, जम्मा २ करोड मात्र खर्च !

१७ कार्तिक २०८०, शुक्रबार १३:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बागमती प्रदेश सरकारले नव प्रबन्धक युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम अन्तर्गत विगत ३ आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालय मार्फत् २५ करोड रुपैयाँ विनियोजन गरिएकोमा २ करोड १० लाख रुपैयाँमात्र खर्च गरेको छ । उक्त शीर्षकमा तीन आर्थिक वर्षमा विनियोजित बजेटको जम्मा ८।४ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

युवा पुस्तालाई वैज्ञानिक खोज तथा अनुसन्धान कार्यमा सघाउने उद्देश्यका साथ बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय मार्फत् आर्थिक वर्ष २०७५र०७६ बाट सो कार्यक्रम ल्याएको हो । मन्त्रालयले विभिन्न ५ वटा विधामा वैज्ञानिक अनुसन्धान प्रारम्भ गर्न बजेटको व्यवस्था गरे पनि कार्यान्वयन पक्ष फितलो देखिएको हो ।

१७ कार्तिक २०८०, शुक्रबार १३:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस