|  

लिखु हाइड्रोपावरमा कार्यरत एक मजदुरको पर्खालबाट लडेर मृत्यु

१७ कार्तिक २०८०, शुक्रबार १४:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


रामेछाप । रामेछापको लिखु हाइड्रोपावरमा कार्यरत एक मजदुरको पर्खालबाट लडेर ज्यान गएको छ । बिहीवार काम गर्ने क्रममा पर्खालबाट लड्दा रामेछापको गोकुलगङ्गा गाउँपालिका–१ चुचुरे सामुडाँडाका ३० वर्षीय कैलाश कार्कीको ज्यान गएको हो ।

काम गर्नेक्रममा ड्यामको गेटको पर्खालबाट झन्डै २० मिटर तल खस्नुभएका कार्कीलाई तत्काल घटनास्थलबाट उद्धार गरी उपचारका लागि सोलुखुम्बुको किज्याङ अस्पतालमा भर्ना गरिएको थियो । उहाँको किज्याङ अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि रामेछापको सदरमुकाम मन्थलीतर्फ ल्याउने क्रममा बिहीवार राति बाटोमै ज्यान गएको हो ।

१७ कार्तिक २०८०, शुक्रबार १४:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस