|  

किराञ्चोक मा.वि.को खेलकुद सप्ताह शुरु, अध्यक्ष श्रेष्ठले गरे उद्घाटन

१९ कार्तिक २०८०, आईतवार १४:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिका वडा नंं. ८ मा रहेको किराञ्चोक माध्यमिक विद्यालयको खेलकुद सप्ताह आज देखि शुरु भएको छ । साविक किराञ्चोक गाविसको शैक्षिक केन्द्र विन्दुको रुपमा रहेको किराञ्चोक माध्यमिक विद्यालयले आयोजना गरेको खेलकुद सप्ताहको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले उद्घाटन गर्नु भएको हो ।

खेलकुद सप्ताहमा, भलिवल, दैड, कवडी, छेलो हान्ने, फुटवल लगायतको खेल हुने गजुरी ८, का वडाध्यक्ष देवराज ओझाले जानकारी दिनु भयो । किराञ्चोक मा.वि.का कार्यवाहक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको कार्यक्रममा गजुरी गाउँपालिका वडा नं. १का वडाध्यक्ष तारानाथ भण्डारी, वडा नं. ६, का वडाध्यक्ष भक्त ब. तामाङ र गजुरी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष देवराज ओझाको आतिथ्यता रहेको थियो । खेलकुद सप्ताह यहि कार्तिक २३ गते सम्पन्न हुनेछ ।

१९ कार्तिक २०८०, आईतवार १४:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस