|  

जाजरकोट भुकम्प पीडितहरुको लागि गजुरी गाउँपालिकाको आर्थिक सहयोग

२३ कार्तिक २०८०, बिहीबार १६:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङको गजुरी गाउँपालिकाले जाजरकोट भुकम्प पीडितहरुको लागि एक लाख आर्थिक सहयोग गरेको छ । आज गाउँपालिकाको बैठकले सहयोगको निर्णय गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त आर्थिक रकम जम्मा गरेको हो। एक साताअघि गएको विनाशकारी भुकम्पका कारण राहत तथा पुनःस्थापनको पर्खाइमा रहेका जाजरकोटवासी भुकम्प पीडितका लागि आफ्नो पालिकाबाट गरिएको यो सहयोगले थप मद्दत पुग्ने गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

देश तथा विदेशबाट दातृ निकाय, विभिन्न संघ-संस्था र व्यक्तिहरुबाट भुकम्प प्रभावितहरुका लागि सहयोग प्राप्त भइरहँदा गजुरी गाउँपालिकाले पनि यस मानवीय कार्यमा योगदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले बताउनुभयो । यसअघि पनि गजुरी गाउँपालिकाले पालीकाका नागरिकको नियमित सेवाको साथसाथै यसबाहेक मानवीय कार्यमा आर्थिक सहायता गर्दै आइरहेको छ । आफ्नो निति, कार्यक्रम तथा सेवा र विकास निर्माणका कार्यहरुबाट नागरिकलाई सरकारको अनुभुती गराउने स्थानीय तहको रूपमा गजुरी अग्रणी पालिका मानिन्छ ।

२३ कार्तिक २०८०, बिहीबार १६:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस