|  

गजुरीको किराञ्चोक र डोलभञ्ज्याङ माविमा खेलसप्ताह सम्पन्न

२४ कार्तिक २०८०, शुक्रबार १८:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । एक साता अघिदेखि सुरु भएको खेल सप्ताह अन्तर्गत गजुरी गाउँपालिकाका १० माध्यामिक विद्यालयहरुमध्ये दुईवटा विद्यालयले आफ्नो खेल कार्यक्रम सम्पन्न गरेको छ । वडा नंं. ८ मा रहेको किराञ्चोक माध्यमिक विद्यालय र वडा नं. ५ स्थित डोलभञ्ज्याङ माध्यामिक विद्यालयले सबैभन्दा पहिला खेल सप्ताह सम्पन्न गर्न सफल भएका हुन् ।

खेलकुद सप्ताहको शुभारम्भ गरेका गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै आज यी दुवै विद्यालयको खेलकुद समापन गरेका हुन् । खेलकुद सप्ताहमा, भलिवल, दैड, कवडी, छेलो हान्ने, फुटवल लगायतका खेलहरु समावेश भएकोमा ति सबै खेलकुद प्रतियोगिताहरु सकिएको किराञ्चोक मा.वि.का कार्यवाहक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।

धादिङका अन्य स्थानिय तहहरु मध्ये गजुरी गाउँपालिकाले खेलकुद क्षेत्रमा उत्कृष्टता हासिल गर्ने अवसरका रुपमा अहिले जारी खेलकुद सप्ताहलाई महत्वका साथ लिएको छ । यसका साथै राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा जिल्लामै प्रथम बन्ने योजनासहित विद्यालयस्तरिय खेलकुद कार्यक्रमलाई व्यवस्थित रुपमा अघि बढाउन गाउँपालिकाले पनि प्रत्यक्ष रुपमा सहयोग गर्दै अघि बढ्न भूमिका खेलिरहेको गजुरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारीले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई लक्षित गर्दै अहिले विभिन्न विद्यालयहरुमा खेलकुद सप्ताह सञ्चालन भइरहेको छ ।

२४ कार्तिक २०८०, शुक्रबार १८:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस