|  

हङकङसँगको खेलमा टस जितेर ब्याटिङ गर्दै नेपाल

३० कार्तिक २०८०, बिहीबार १२:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । हङकङमा जारी चार देश सम्मिलित टी–२० श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा अहिले नेपालले हङकङसँग खेल्दैछ । पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाललाई फाइनल प्रवेशको सम्भावना जिवितै राख्न हङकङलाई हराउनै पर्ने दबाब छ ।

टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको छ ।

हङकङ भने पहिलो खेलमा बुधबार जापानलाई हराउन सफल भएको थियो । तान्जानिया भने फाइनलमा पुगेको छ । तान्जानियाले आज भएको खेलमा जापानमाथि १११ रनको फराकिलो जित हासिल गर्यो ।

पहिले ब्याटिङ गरेको तान्जानियाले ९ विकेटको क्षतिमा १३९ रन बनाएकामा जापान २८ रनमै अलआउट भएको थियो ।

नेपाली टोलीमा कप्तान इन्दू बर्मा, उपकप्तान बिन्दू रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् ।

नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

 

३० कार्तिक २०८०, बिहीबार १२:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस