|  

साइबर क्राइम मुद्दामा झापाका एक किशोर पक्राउ

१ मंसिर २०८०, शुक्रबार १४:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नक्कली फेसबूक आईडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापाको कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली फेसबूक आईडीमार्फत कानून विपरीतका क्रियाकलाप गरेको उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार झिलझिले इलाका प्रहरी कार्यालयमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्षसमेत रहेका बताइएको छ । उनको नक्कली फेसबूक आईडीका विषयमा प्रहरीले विस्तृत जानकारी भने दिएको छैन ।​

१ मंसिर २०८०, शुक्रबार १४:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस