|  

दुर्गा प्रसाईं र राष्ट्रिय युवा संघको प्रदर्शन माइतीघरमा गर्न नपाइने

४ मंसिर २०८०, सोमबार १४:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही मंसिर सात गते काठमाडौंमा गर्न लागेको प्रदर्शन माइतीघर मण्डलमा गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरमा प्रदर्शन गर्न नदिने निर्णय गरेको हो । दुवै पक्षलाई छुट्टाछुट्टै स्थान तोकिदिने तयारी भएको छ ।

दुवै पक्षलाई एकै स्थानमा प्रदर्शन गर्न दिँदा झडप समेत हुन सक्ने भन्दै सुरक्षा निकायले चिन्ता प्रकट गरिरहेको छ ।

४ मंसिर २०८०, सोमबार १४:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस