|  

एनएसएलमा आज वीरगञ्ज एफसी र चितवन एफसी भिड्ने

१५ मंसिर २०८०, शुक्रबार १२:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपाल सुपर लिग एनएसएल मा आज शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवन खेल्दैछन् । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ ।
चितवनले आज तेस्रो र वीरगञ्जले दोस्रो खेल खेल्न लागेका हुन् । चितवन पहिलो खेल पोखरा थन्डर्ससँग पराजित हुँदा दोस्रो खेलमा काठमाण्डौसँग एकरएक गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । वीरगञ्ज पहिलो खेलमा धनगढीसँग दुई–एक गोलले पराजित भएको थियो ।
दोस्रो संस्करणको एनएसएल प्रतियोगितामा नौ वटा टोली सहभागी छन् ।
 

१५ मंसिर २०८०, शुक्रबार १२:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस