|  

इजरायल–हमासबीच युद्धविराम समाप्त : दक्षिणी गाजामा हवाई आक्रमण शुरु

१५ मंसिर २०८०, शुक्रबार १२:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । इजरायलले सात दिने युद्धविराम अन्त्य गरी फेरि प्यालेस्टिनी विद्रोही समूह हमास लक्षित आक्रमण थालेको छ । दुई पक्षबीच यसअघि भएको युद्धविरामको अवधि सकिएलगत्तै इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको हो ।

इजरायली सेनाले हमास समूहले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको बीबीसीले जनाएको छ । हमासद्वारा सञ्चालित आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले दक्षिणी गाजा पट्टीमा धेरै हवाई आक्रमण भएको जनाएको छ । त्यहाँ विस्फोट र गोलीबारीको आवाज सुनिएको छ ।

सात दिनसम्म चलेको युद्धविराममा हमासबाट बन्धक एक सय १० र इजरायलले बन्दी बनाएका दुई सय ४० प्यालेस्टिनी रिहा भएका छन् । अमेरिकी शीर्ष कुटनीतिज्ञ एन्टोनी ब्लिन्केनले इजरायललाई नागरिकको जीवन रक्षा गर्न थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

१५ मंसिर २०८०, शुक्रबार १२:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस