|  

आज सुनको मूल्य घट्यो,चाँदीको बढ्यो

१५ मंसिर २०८०, शुक्रबार १२:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । छापावाल सुन तोलामा एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ५४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

१५ मंसिर २०८०, शुक्रबार १२:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस