|  

चिसोका कारण रुकुम पश्चिममा थप एकजनाको मृत्यु

१५ मंसिर २०८०, शुक्रबार १३:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । रुकुम पश्चिममा चिसोका कारण त्रिपालमा बस्दै आएका थप एकजना बृद्धको मृत्यु भएको छ । बिहीबार राती आठबिसकोट नगरपालिका ११, चौर गाउँमा बस्दै आएका एक बृद्धको चिसोले मृत्यु भएको हो ।

मृत्यु हुनेमा साबिक मग्मा घर भइ लामो समयदेखि आठबिसकोटमा बस्दै आउनुभएका ६५ वर्षीय मनरामे सार्की रहेको स्थानीय सुनिल बिकले बताउनुभएको छ ।

यो संगै भूकम्पछि अहिलेसम्म रुकुम पश्चिममा मात्रै त्रिपालमा बस्दै आएका ७ जना बृद्धबृद्दाको चिसोले मृत्यु भएको छ । यसअघि आठबिसकोट नगरपालिकामा ५ र सानीभेरी गाउँपालिकामा १ जना गरि ६ जनाको चिसोकै कारण मृत्यु भएको छ ।

१५ मंसिर २०८०, शुक्रबार १३:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस